Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

छिटो धनी बन्ने सपना खतरनाक : प्रधानमन्त्री प्रचण्ड

छिटो धनी बन्ने सपना खतरनाक : प्रधानमन्त्री प्रचण्ड

  • मंगलवार, पौष १७ २०८०

  • 660
    SHARES

  • छिटो धनी बन्ने सपना खतरनाक : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटो सम्पत्ति कमाउने मोह बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ ।

    मंगलबार बिहान काठमाडौंमा आयोजित एक शैक्षिक बहस कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो। छिटो धेरै सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेको उहाँको भनाइ छ ।

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ । यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो ।’

    प्रधानमन्त्री प्रचण्डले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको समेत बताउनुभयो । नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको भन्दै त्यो पनि चुनौतीको रुपमा विद्यमान रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

    यो तथ्यलाई विचार गरी शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।


    मंगलवार, पौष १७ २०८००१:५१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij