काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ। सोमबार राति उहाँको निधन भएको हो।
महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उहाँ लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित हुनुहुन्थ्यो ।
पञ्चायतकालमा किशोरवयमै नेपाल विद्यार्थी संघमा आबद्ध भएर नेता मिश्रले प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको नेपाली कांग्रेस महोत्तरीका नेता बजरङ्ग नेपालीले बताउनुभयो ।
विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनःस्थापना गरेपछि नेपाली कांग्रेसमा क्रियाशील मिश्रको योगदान अनुकरणीय रहेको नेकपा एमालेका जिल्ला अध्यक्ष कालीचन्द्र साहले बताउनुभयो। स्वर्गीय मिश्रका पत्नी, एक छोरा र एक छोरी छन्।