Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालमा अब कसरी फर्किन्छ राजतन्त्र ?: केपी ओली

नेपालमा अब कसरी फर्किन्छ राजतन्त्र ?: केपी ओली

  • सोमवार, पौष १६ २०८०

  • 720
    SHARES

  • नेपालमा अब कसरी फर्किन्छ राजतन्त्र ?:  केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताउनु भएको छ। आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताउनु भएको हो।

    ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको दाबी समेत गर्दै अब नेपालमा राजतन्त्र फर्किने कुरा दिवास्वप्न मात्रै भएको बताउनु भयो।

    कहिलेकाहीँ आफूहरू (देउवा, प्रचण्डसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताउनुभयो।उहाँले देशमा सुशासन, शान्ति, विकास र राष्ट्रियताको पक्षमा सबै दलहरूबीच मेलमिलाप हुनुपर्ने बताउनुभयो।


    सोमवार, पौष १६ २०८००७:२५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij