Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

संविधानको मूल मर्मलाई रक्षा गरौँ : डा. भट्टराई

संविधानको मूल मर्मलाई रक्षा गरौँ : डा. भट्टराई

  • सोमवार, पौष १६ २०८०

  • 468
    SHARES

  • संविधानको मूल मर्मलाई रक्षा गरौँ : डा. भट्टराई

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको मूल मर्मलाई रक्षा गरेर नतिजा दिनुपर्ने बताउनुभएको छ ।

    उहाँले संविधान रुपी बिरुवा टाक्सिएर बसेकाले युवाहरु आक्रोशित बनेको समेत बताउनुभयो। उहाँले अहिले तँ–तँ र मम भन्ने बेला नभएको भन्दै सबैले लोकतन्त्र र समाजवादमा आधारित शक्ति बनेमात्रै नेपालको लोकतन्त्र सुदृढ गर्ने बताउनुभयो ।

    सोमबार कांग्रेसले मेलमिलाप दिवसका अवसरमार आयोजना कार्यक्रममा बोल्दै डा. भट्टराईले संविधान, नेता र व्यवस्थाप्रति आक्रोश बढेको विषयलाई गम्भीरतापूर्वक लिएर सहमति गर्नुपर्ने बताउनुभयो ।

    उहाँले राजतन्त्रको भूतबाट तर्सिनुनपर्ने भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताउनुभयो । तत्कालको समस्या समाधान गर्न उहाँले जर्मनी मोडलमा प्रमुख दलहरुको संयुक्त सरकार बनाउन सकिने पनि बताउनुभयो ।

    त्यसबाहेक उहाँले स्वीटजरल्याण्डको जस्तो पूर्ण समानुपाती निर्वाचन प्रणाली अपनाएर पनि जान सकिने अर्को प्रस्ताव सुनाउनुभयो। उहाँले त्यो गर्न नसक्ने भए प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीमा नगए यो देश नबन्ने बताउनुभयो ।


    सोमवार, पौष १६ २०८००४:०६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij