Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन गगन थापाको माग

माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन गगन थापाको माग

  • सोमवार, पौष १६ २०८०

  • 633
    SHARES

  • माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन गगन थापाको माग

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग गर्नुभएको छ ।

    संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डलमा मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र ससदलाई सुनाउने ठाउँ भएको बताउनुभयो ।

    ‘गृहमन्त्रीज्यूलाई मेरो आग्रह छ– माइतीघरको निषेधित क्षेत्र हटाइ दिनुस् । आज धोती दिवस भयो । त्यो पोलिटिकल स्टेटमेन्ट हो । केही साथीहरूले टोपी दिवस मनाउनुभएको छ । हामी पनि धोती दिवस मनाउँछौँ भनेर आउनुभयो । त्यो हामी सबैसँग अधिकार छ । माइतीघरमा देखाउँदा सरकारले सुन्छ भनेर आउनुभएको हो । त्यो हाम्रो ठाउँ हो । हिजो हामीले पनि त्यही गरेको हो । माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि अहिले त्यहाँ बल प्रयोग गर्नुर्यो । बल प्रयोगले घटना बढाउँछ ।’

    धोती जुलुस भनेर पोलिटिकल स्टेटमेन्ट दिन खोज्दा सोमबार केही मानिस पक्राउ परेको उहाँको भनाइ छ । धोती जुलुस निकाल्दा जनमत पार्टीका अध्यक्ष सिके राउत लगायत ५० भन्दा धेरै पक्राउ परेका थिए ।

    माइतीघरलाई निषेधित क्षेत्र बनाउनुको कुनै औचित्य नभएको उहाँको भनाइ छ । ‘तत्काल यसलाई खारेज गर्न अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभयो ।


    सोमवार, पौष १६ २०८००१:४५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij