Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माइतीघर मण्डलबाट सिके राउतसहित कार्यकर्ता पक्राउ

माइतीघर मण्डलबाट सिके राउतसहित कार्यकर्ता पक्राउ

  • सोमवार, पौष १६ २०८०

  • 1.0K
    SHARES

  • माइतीघर मण्डलबाट सिके राउतसहित कार्यकर्ता पक्राउ
    काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत सचिव बिपी साह लगायत एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् ।
     
    उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई धरपकड गरेको हो ।
     
    प्रहरीले राउत सहितका कार्यकर्ताहरूलाई प्रहरी भ्यानमा हालेर लगेको छ ।अहिले उनीहरूलाई पुलिस क्लबमा राखिएको छ ।
     
     


    सोमवार, पौष १६ २०८०१०:४७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij