Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालकुमारी घटना: सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन

बालकुमारी घटना: सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन

  • सोमवार, पौष १६ २०८०

  • 652
    SHARES

  • बालकुमारी घटना: सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन
    काठमाडौं । सरकारले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । सोमबार(आज) बिहान बसेको मन्त्रिपरिषद् बैठकले सो आयोग गठन गरेको हो ।
     
    बैठकले पौडेलको नेतृत्वमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोकेको छ । आयोगलाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । आयोगले आजैदेखि काम थाल्नेछ । 
     
    उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयले यसअघि पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।


    सोमवार, पौष १६ २०८००९:४०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij