Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको चार महिने रूपान्तरण अभियान आजबाट सकिँदै

माओवादी केन्द्रको चार महिने रूपान्तरण अभियान आजबाट सकिँदै

  • सोमवार, पौष १६ २०८०

  • 540
    SHARES

  • माओवादी केन्द्रको चार महिने रूपान्तरण अभियान आजबाट सकिँदै
    काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सोमबार(आज) सकिँदै छ।
     
    जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेको र आज समापन गर्न लागिएको महासचिव देव गुरूङले जानकारी दिनुभयो।
     
    माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो। अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै थप एक महिना लम्ब्याइएको थियो।
     
    साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले सबै तहमा पार्टी समितिको बैठक र प्रशिक्षण आयोजना गर्ने, समिति नभएका वडामा समिति गठन गर्ने, पार्टीलाई वैचारिक बहससहित वर्तमानका चुनौती सामना गर्न योग्य बनाउने उद्देश्यसहित अभियान सुरू गरेको थियो।
     
    अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए। 


    सोमवार, पौष १६ २०८००८:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij