Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, ओलीसहित शीर्ष नेतालाई निम्तो

आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, ओलीसहित शीर्ष नेतालाई निम्तो

  • सोमवार, पौष १६ २०८०

  • 466
    SHARES

  • आज कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, ओलीसहित शीर्ष नेतालाई निम्तो
    काठमाडौं । नेपाली कांग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ । कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह,  शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।
     
    कांग्रेसले आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटकपटक भएका आन्दोलनमा योगदान गरेका, वृहत शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । कांग्रेसले आजको कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउन दलहरूबीच मेलमिलाप भन्ने नारा बनाएको हो । 
     
    कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका शीर्ष नेताहरूलाई बोलाइएको कांग्रेसले जनाएको छ । तर, राप्रपा, रास्वपालगायत दललाई भने बोलाइएको छैन । कार्यक्रममा बोलाउने दलहरूको निश्चित मापदण्ड तोकिएकाले केही दल छुटेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । 
     
    २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले शासन आफ्नो हातमा लिएर तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल पठाउनुभएको थियो । २०२५ कात्तिक १४ गते बीपी जेलमुक्त भए लगत्तै भारत जानुभएका उहाँ ८ वर्ष निर्वासित हुनुभयो । तर राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै २०३३ साल पुस १६ गते बीपी स्वदेश फर्किनुभएको थियो ।
     
    विस्तृत शान्ति सम्झौता र संविधान कार्यान्वयनका पक्षधर दलका बिचमा अहिले मेलमिलाप आवश्यक रहेको कांग्रेसको निष्कर्ष रहेको विश्वकर्माले बताउनुभयो । यसअघि कांग्रेसले मेलमिलाप दिवस आन्तरिक रुपमा मात्र गर्दै आएका थियो । गत वर्ष देशभर केन्द्रीय प्रतिनिधि खटाइए हरेक जिल्लामा दिवस मनाएको थियो । 
     


    सोमवार, पौष १६ २०८००८:१३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij