Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस : रास्वपा बाइपास

नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस : रास्वपा बाइपास

  • आइतवार, पौष १५ २०८०

  • 931
    SHARES

  • नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस : रास्वपा बाइपास

    काठमाडौं । नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ ।

    कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निमन्त्रणा पत्र पठाइएको छ ।

    मेलमिलाप दिवसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने आमन्त्रण गरिएको छैन । सोमबार हुने मेलमिलाप दिवसको कार्यक्रमका लागि संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलल जानकारी दिनुभयो ।

    यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो । साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको जानकारी दिनुभयो ।

    निर्वासनमा रहेका कांग्रेस संस्थापक नेता बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फर्किएका थिए । मेलमिलापको नीति लिएर फर्केको हुनाले कांग्रेसले त्यस दिनलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।


    आइतवार, पौष १५ २०८००१:४०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij