Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

समितिले बोलायो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

समितिले बोलायो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

  • शनिवार, पौष १४ २०८०

  • 1.8K
    SHARES

  • समितिले बोलायो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई...

    काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाका सम्बन्धमा छलफल गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोलाएको छ ।

    समिति सचिव सुरजकुमार दुराका अनुसार बैठक सोमबार बिहान साढे ८ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा गृहमन्त्री श्रेष्ठ र तीनवटै सुरक्षा निकायका प्रमुखलाई छलफलमा बोलाइएको छ ।

    पानीजहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएका युवाले उत्पादनमूलक कामको भाषा परीक्षाका फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार युवाहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

     


    शनिवार, पौष १४ २०८००६:५८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij