Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

‘कोरिया जान पाउँ भन्दा मर्नुपर्ने हो ?’: चन्द्र भण्डारी

‘कोरिया जान पाउँ भन्दा मर्नुपर्ने हो ?’: चन्द्र भण्डारी

  • शनिवार, पौष १४ २०८०

  • 907
    SHARES

  • ‘कोरिया जान पाउँ भन्दा मर्नुपर्ने हो ?’: चन्द्र भण्डारी

    काठमाडौं।नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाउनुभएको छ।आज भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाप्रति आपत्ति जनाउनुभएको हो।

    नेता डा. भण्डारीले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो? भन्दै प्रश्न गर्नुभयो।उहाँले अहिले समाजमा असामाजिक गतिविधिहरु बढीरहेको बताउनुभयो।

    नेता भण्डारीले भन्नुभयो,‘अहिले समाजमा के भइरहेको छ? हिजोमात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ। के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नपर्ने देश हो? प्रश्न यो हो। यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ। कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ।’

    नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताउनुभयो।

     


    शनिवार, पौष १४ २०८००४:२४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij