Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन

विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन

  • शनिवार, पौष १४ २०८०

  • 385
    SHARES

  • विधागत पत्रकारिताको विकासका लागि प्रेस युनियनद्धारा छुट्टै विभाग गठन

    काठमाडौँ । नेपाल प्रेस युनियनले विधागत पत्रकारिताको विकासका लागि विधागत पत्रकारिता प्रवद्र्धन विभाग गठन गरेको छ ।

    युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा विभिन्न विधा ९विट०मा क्रियाशिल पत्रकारहरुलाई समेटेर युनियनले विभाग गठन गरेको महासचिव दिलिप पौडेलद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

    युनियनका अध्यक्ष शिव लम्सालले उपाध्यक्ष भण्डारीलाई यसअघि नै विभागीय संयोजक तोक्नु भएको थियो भने सदस्यहरु आज नियुक्त गरेर विभाग गठन गर्नु भएको हो ।

    विभागका सदस्यहरुमा सूचना प्रविधि विटबाट युनियनका सचिव सहदेव चौधरी, अनलाईनबाट सचिव छायाँचन्द्र भण्डारी, टिभिबाट सचिव अशोक तिवारी, रेडियोबाट सचिव नरहरि सापकोटा, कला साहित्यबाट केन्द्रीय सदस्य लोकराज अधिकारी, स्थानीय मामिलाबाट केन्द्रीय सदस्य शोभा केसी, संसदीय मामिलाबाट विष्णु खड्का, उर्जाबाट लक्ष्मण वियोगी, पर्यटनबाट मधुजंग पाण्डे, कृषिबाट राजेश बर्मा र स्वास्थ्यबाट बुद्धि कट्टेललाई नियुक्त गरिएको हो ।

    कुल १५ सदस्यीय हुने विभागका बाँकी सदस्यहरु भने पछि नियुक्त गरिने विभागीय प्रमुख भण्डारीले जानकारी दिनुभयो । पछिल्लो समय विधागत पत्रकारिता ओझेलमा परेकाले पत्रकारिताको गुणस्तर नै खस्किदै गएका बेला युनियनले विधागत पत्रकारितालाई प्रवद्र्धन गर्न छुट्टै विभाग गठन गरेको महासचिव पौडेलले बताउनु भयो ।

    विभागले विधागत पत्रकारिताको विकासका लागि पत्रकारहरुको क्षमता अभिबृद्धिदेखि सरोकारवालाहरुसँग छलफल तथा सहकार्य लगायतको जिम्मेवारी पाएको छ ।


    शनिवार, पौष १४ २०८००८:५३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij