Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

  • शुक्रवार, पौष १३ २०८०

  • 1.1K
    SHARES

  • ईपीएस परीक्षामा सबैलाई सामेल गराउन अदालतको आदेश

    काठमाडौं। उच्च अदालत पाटनले ईपीएस परीक्षा दिन इच्छुक सबैलाई सामेल गराउन आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।

    आदेशमा भनिएको छ,‘...निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

    अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले पाउनेछन्। यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो। त्यसका विरुद्धमा सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए।

    अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सोही आधारमा १८ जनाले आज आवेदन फाराम भनेका थिए। भने अन्यले भर्न नपाएपछि आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ।

     


    शुक्रवार, पौष १३ २०८००४:४५:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij