Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको बोली एक,प्रवृत्ति अनेक, बाचा र बोली २४ घण्टा पनि टिकेन,आफ्नै कारण गरिमा घट्दो(खासखबर)

प्रधानमन्त्रीको बोली एक,प्रवृत्ति अनेक, बाचा र बोली २४ घण्टा पनि टिकेन,आफ्नै कारण गरिमा घट्दो(खासखबर)

  • बिहिवार, पौष १२ २०८०

  • 628
    SHARES

  • प्रधानमन्त्रीको बोली एक,प्रवृत्ति अनेक, बाचा र बोली २४ घण्टा पनि टिकेन,आफ्नै कारण गरिमा घट्दो(खासखबर)

    काठमाडौं। गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालको एकवर्ष पुगेको उपलक्ष्यमा देश र जनताका नाममा सम्बोधन गर्नुभयो। सम्बोधनमा भनिएको थियो,नयाँ कार्यशैली र ढाँचामा अघि बढिनेछ। विगतका अभ्यासबाट पाठ सिक्दै कार्यशैली सुधार्ने प्रण गरेका प्रचण्ड एक्कासी गोरखा देखिँदा सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

    राज्यको सम्पत्ति दुरुपयोग गर्दै पार्टीको कार्यक्रममा उपस्थित भएकोदेखि नातिनी र ज्वाईलाई भेटेको तस्बिरलाई लिएर तर्क वितर्क भइरहेका छन्। आफूले बोलेको विषयलाई एकदिन पनि ढल्न नदिएका प्रचण्डमाथि धेरैले प्रहार गरिरहेका छन। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले कम्युनिष्टको विचार दर्शन छोडेर पुँजीवाद अंगालेका पात्रहरुको चरित्र यस्तै हुने बताउनु भयो।

    राजनीतिक रुपमा विभिन्न दलको नेतृत्वमाथि औँला उठिरहेका बेला प्रवृत्तिमा सुधार आउन सकेको छैन। राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर गोविन्दमानसिंह कार्कीका अनुसार माओवादीमाथि जनताको धेरै विश्वास रहेपनि व्यवहारमा उदांगो भएको बताउनुभयो।

    मसालका महामन्त्री मोहनविक्रम सिंहले कम्युनिष्टको विचारधारामाथि प्रहार भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ।वामपन्थीको खोल ओढेर पूजीवादको हुंकार चलिरहेको भन्दै सिंहले यसले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न नसक्ने बताउनुभयो। हिजोको बाटो छोडेर गलत अभ्यासमा लागेकाहरुले बदनाम गरेको उहाँको तर्क छ।

    प्रधानमन्त्री प्रचण्डको सचिवालयको कमजोरीले पनि आलोचित बन्नुभएको छ। बुधबार पार्टीको कार्यक्रममा सहभागी हुन सेनाको हेलिकप्टरमार्फत निर्वाचन क्षेत्र गोरखा पुग्नुभएका प्रचण्डले त्यहाँ रहेका आफन्तसँग भेटपछि खिचेको तस्बिरलाई लिएर सामाजिक सञ्चालनमा आलोचना भइरहेको छ।

    प्रधानमन्त्री कार्यक्रमस्थल नजिकै रहेको आफ्नो नातिनी–ज्वाइँको घरमा समेत भेटघाटका लागि पुग्नुभएको थियो। राजनीतिक विश्लेषक महेश भट्टराईका अनुसार राज्यको सम्पत्ति दोहन गरेर प्रचण्डलाई व्यक्तिगत र पार्टीको कार्यक्रममा जाने छुट छैन।

    औपचारिक कार्यक्रम, भेटघाट र शिलान्यासमा नजाने अभिव्यक्ति दिएका प्रचण्ड २४ घण्टाभित्रै निर्वाचन क्षेत्र पुगेपछि आलोचना आउनु स्वभाविक हो। पदको मर्यादा र गाम्भीर्यतालाई ख्याल गर्नु अतिआवश्यक छ। सर्वसाधारणले महिनौसम्म पनि भेट्न गाह्रो हुने प्रचण्ड आफन्तका लागि सरकारी हेलिकप्टरनै लगेर पुग्छन् भन्दा सुहाएन की ?


    बिहिवार, पौष १२ २०८००८:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij