काठमाडौं। मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को नियमित बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री कार्यलयले जानकारी दिएको छ।
आजको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एकवर्ष पुगेपछिको पहिलो बैठक हो।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र केही महत्वपुर्ण निर्णय हुने बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो ।