Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलसँग जापानी राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग जापानी राजदूतको शिष्टाचार भेट

  • बिहिवार, पौष १२ २०८०

  • 575
    SHARES

  • राष्ट्रपति पौडेलसँग जापानी राजदूतको शिष्टाचार भेट
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि जापानका राजदूत किकुटा युटाकाले शिष्टाचार भेट गर्नुभएको छ। 
     
    आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपतिले जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताका लागि व्यक्त गरेको निशर्त सम्मानका लागि नेपालीले खुला दिलले प्रशंसा गर्नुभएको छ ।
     
    त्यस्तै उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा जापानले लामो समयदेखि पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    बिहिवार, पौष १२ २०८००२:५४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij