Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

  • बिहिवार, पौष १२ २०८०

  • 457
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु
    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ ।
     
    बैठकमा पार्टीबाट सहभागी मन्त्रीले आफ्नो काम कारबाहीको रिपोर्ट पेस गर्नुहुने छ ।  बैठकमा सरकारको एक वर्षको समीक्षा हुने छ  भने त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने छ ।
     
    त्यस्तै बैठकमा राष्ट्रियसभा उम्मेदवारको मापदण्ड तय गर्ने विषयदेखि समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।  आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा केन्द्रीय कार्यसमितिले बनाएको मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने छ । प्रदेश कार्यसमितिले पठाएको सिफारिसअनुसार संसदीय बोर्डबाट उम्मेदवार चयन हुनेछ ।


    बिहिवार, पौष १२ २०८००२:४८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij