Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर हर्क साम्पाङले राखे यलम्बरको फोटो

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर हर्क साम्पाङले राखे यलम्बरको फोटो

  • बिहिवार, पौष १२ २०८०

  • 736
    SHARES

  • राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर हर्क साम्पाङले राखे यलम्बरको फोटो

    काठमाडौं । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले स्वतन्त्र राज्य बनाउने धम्की दिएको एक दिनमै आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउनुभएको छ ।

    उहाँले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गर्नुभएको थियो । त्यसैबमोजिम उहाँले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो टाँग्नुभएको हो ।

    मेयर साम्पङले हिजो सामाजिक सञ्जालमा लेख्नुभएको थियो, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’

    केही दिनअघि साम्पाङले विवादित स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिनुभएको थियो ।

    उहाँले लेख्नुभएको थियो, ‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ’ स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !’

     


    बिहिवार, पौष १२ २०८००२:०६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij