काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बिहिबार बस्ने भएको छ । दिउँसो १ बजे बस्ने आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावलगायत समसामयिक विषयमा छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
कांग्रेसको महासमिति बैठक पुसमा फागुन ७ देखि १० गतेसम्म बस्ने तय भएको छ ।