Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मन्त्रीलाई दोषारोपण गरेर उम्किने प्रधानमन्त्रीको प्रयास,काम गर्न नसकेको स्वीकारोक्ति, मन्त्रिमण्डल हेरफेर गर्ने चेतावनी(खासखबर)

मन्त्रीलाई दोषारोपण गरेर उम्किने प्रधानमन्त्रीको प्रयास,काम गर्न नसकेको स्वीकारोक्ति, मन्त्रिमण्डल हेरफेर गर्ने चेतावनी(खासखबर)

  • बुधवार, पौष ११ २०८०

  • 525
    SHARES

  • मन्त्रीलाई दोषारोपण गरेर उम्किने प्रधानमन्त्रीको प्रयास,काम गर्न नसकेको स्वीकारोक्ति, मन्त्रिमण्डल हेरफेर गर्ने चेतावनी(खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बाचा गरेअनुसार काम गर्न नसकेको प्रतिक्रिया दिएसँगै गठबन्धन दलहरुले नै त्यो स्वीकार गरेका छैनन् । प्रधानमन्त्री नै सरकार भएकोले उहाँले अपेक्षित उपलब्धि दिनैपर्ने सत्तागठबन्धन दलका नेताहरुको दाबी छ। नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले मन्त्रीहरुसँग प्रचण्ड रुष्ट भएको पाइएको बताउनुभएको छ ।

    उहाँले अरुलाई दोष थुपारेर उम्कने ठाउँ भने नभएको जिकिर गर्नुभयो । सबै अधिकार र जिम्मेवारी प्रधानमन्त्रीलाई हुने हुँदा जनताले नतिजा पर्खेको उहाँको भनाइ छ। तेस्रो पटक प्रधानमन्त्री पद सम्हाल्नुभएका प्रचण्डले बाचा गरेअनुसारको काम गर्न नसेकको उहाँको संकेत थियो।

    प्रधानमन्त्रीको सम्बोधनमा नेपालको स्थिति सकारात्मक दिशामा अगाडि बढिरहेको कुरालाई लक्षित गरिएको थियो । अर्थतन्त्रका सूचकहरु पनि वृद्धि भएको बताउँदै उहाँले पर्यटनको क्षेत्रले सकारात्मक नतिजा दिएको दाबी गर्नुभएको थियो । सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले प्रधानमन्त्री प्रचण्डले गर्छु भन्ने अठोट लिएकोले त्यसमा धेरै प्रतिक्रिया आवश्यक नरहेको बताउनुभयो । विकास र समृद्धिको पक्षमा उभिन्छु, लाग्छु भन्नु सकारात्मक रहेको उहाँको भनाइ थियो ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको बोलीमा तटस्थता नरहेको दाबी गरेको छ । एक्सन रुमबाट काम गर्छु, उद्घाटनमा जादिन भन्ने प्रचण्डको भनाइ केही समयमै तुहिने एमालेको तर्क छ । एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईले गर्छु भनेर नगर्ने प्रवृत्तिका पात्र प्रचण्ड रहेको दाबी गर्नुभयो । यसअघि पनि गर्छु भनेको तर केही गर्ने नसकेको उहाँको आरोप छ ।

    राजनीतिक विश्लेषक गोविन्दमान सिंह कार्कीका अनुसार प्रधानमन्त्रीले मन्त्रीहरुलाई दोष थुपारेका छन् । प्रधानमन्त्रीय पद्धतीमा यस्ता दोष फगत हुने उहाँको भनाइ छ ।

    देशमा बढेको बेरोजगारी समस्या, बढ्दो यूवा पलायन, उत्पादनमा ह्रासलगायत विषयमा सरकारसँग दुरगामी योजना नभएको स्पष्ट देखिएको छ। केही गर्छु भन्दा पहिले त्यसको स्पष्ट खाका र योजना हुन जरुरी हुन्छ, त्यो भने देखिदैन । प्रधानमन्त्रीका आगामी दिन सुखद र विकास, समृद्धिको दिशामा अगाडि बढाउन मन्त्रीहरुको पनि महत्वपूर्ण भूमिका हुनुपर्छ । गुमनाम भएका मन्त्रीहरु जाग्न जरुरी रहेको छ ।


    बुधवार, पौष ११ २०८००८:२२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij