काठमाडौं । परिक्षा नियन्त्रण कार्यालय सुधारका लागि त्रिभुवन विश्वविद्यालय, स्वतन्त्र विद्यार्थी युनियनले आन्दोलन सुरु गरेको छ।
स्ववियु सभापति श्यामराज ओझाको नेतृत्वमा आज परिक्षा नियन्त्रण कार्यालय बल्खुमा विभिन्न मागहरुका साथ आन्दोलन सुरु गरेको हो ।
सोही क्रममा सभापति ओझाले पनिका कार्यालय बल्खु सुधारका लागि देशैभर रहेका कलेजका विद्यार्थी र स्ववियु सभापतिहरुलार्इ आन्दोलनमा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, देशको सबैभन्दा ठूलो नेता भनेको विद्यार्थी हो, देशको परिवर्तनको सम्वाहक पनि विद्यार्थी नै हो। यदि विश्वविद्यालयको बेथिति अन्त्य गरिएन भने शैक्षिक संस्थाहरु नै ध्वस्त हुनेछन् ।
उहाँले लाखौँ विद्यार्थीको शैक्षिक धरोहर मनिएको त्रिवि पनिकामा कर्मचारीको कमि र नीति नियमको व्यवस्थापन हुन नसक्दा लाखौं विद्यार्थीको भविष्यमाथि प्रश्न खडा भएको बताउनु भयो। यस्ता कुराहरुको परिवर्तन गर्नका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो।
सभापति ओझाले बल्खु सुदृढ नभएको खण्डमा विश्वविद्यालय कमजोर बन्ने निश्चित रहेको भन्दै पनिकामा सुधार नहुञ्जेल आन्दोलन जारी राख्ने बताउनु भएको छ।