Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

’०८४ को चुनावमा हामिलाई धुलोपिठो बनाउने भए’ : झलनाथ खनाल

’०८४ को चुनावमा हामिलाई धुलोपिठो बनाउने भए’ : झलनाथ खनाल

  • बुधवार, पौष ११ २०८०

  • 1.0K
    SHARES

  • ’०८४ को चुनावमा हामिलाई धुलोपिठो बनाउने भए’ : झलनाथ खनाल

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी ०८४ को चुनावमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको गुनासो गर्नुभएको छ।

    आज जारी पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै नेता खनालले सबै वामपन्थी शक्ति एक नभएको खण्डमा आगामी निर्वाचनमा गारो हुने चिन्ता व्यक्त गर्नुभयो।

    उहाँले भन्नुभयो,’कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने दिशातर्फ लगिएन भने ८४ को चुनावमा वामपन्थीहरूलाई धुल्याउने योजना छ। यो बुझि राखौं। यसको तयारी अहिलेदेखि गर्नुपर्छ। कुन बाटो हिँडैर तयारी हुन्छ। यो गर्न सकिएन भने गाह्रो हुन्छ।’

    नेता खनालले पार्टीलाई बलियो बनाउनेगरी छलफलमा जुट्न आग्रहसमेत गर्नुभयो। उहाँले केन्द्रीय कमिटी धेरै तहको भयो भन्ने कुरा आएको भन्दै यसबारे पुनरविचार गर्नुपर्ने सुझाव दिनुभयो।

    कमिटीहरूको तह कस्तो बनाउने भन्ने बारेमा नयाँ ढंगले सोच्नुपर्ने उहाँको भनाइ छ। कमिटीलाई सानो र छरितो बनाउनुपर्ने र पार्टीका क्षमतावान र योग्य कार्यकर्तालाई माथि आउनेगरी लचिलो प्रावधान बनाउनुपर्ने उहाँको सुझाव छ।


    बुधवार, पौष ११ २०८००२:५८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij