Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेस आईका नेता राहुल गान्धीद्वारा मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा

कांग्रेस आईका नेता राहुल गान्धीद्वारा मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा

  • बुधवार, पौष ११ २०८०

  • 736
    SHARES

  • कांग्रेस आईका नेता राहुल गान्धीद्वारा मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा

    काठमाडौं । कांग्रेस आईका नेता राहुल गान्धीले मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने भएका छन् । यो यात्रा १४ जनवरीबाट सुरु हुनेछ र २० मार्चसम्म जारी रहनेछ।

    कांग्रेस महासचिव केसी वेणुगोपालले बुधबार पत्रकार सम्मेलन गरेर यो भ्रमणको घोषणा गरेका हुन् ।

    पत्रकार सम्मेलनमा उनले भने, ‘डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीले पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्छ भन्ने राय दिएको थियो। राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भए । अखिल भारतीय कांग्रेस कमिटीले जनवरी १४ देखि मार्च २० सम्म मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने निर्णय गरेको छ।’

    ६५ दिनको यात्रामा राहुल गान्धीले ६ हजार २०० किलोमिटरको दूरी तय गर्नेछन् । यो यात्रा १४ राज्यका ८५ जिल्ला हुँदै जानेछ । यस यात्रामा राहुल गान्धीले मणिपुर, मेघालय, नागाल्याण्ड, असम, पश्चिम बंगाल, बिहार, झारखण्ड, ओडिशा, छत्तीसगढ, उत्तर प्रदेश, मध्य प्रदेश, राजस्थान, गुजरात र महाराष्ट्रको भ्रमण गर्नेछन्।

    कांग्रेस महासचिवका अनुसार राहुल गान्धीले यसअवधिमा युवा, महिला र सीमान्तकृत मानिसहरूसँग कुरा गर्नेछन्। राहुल गान्धीले भारत जोडो यात्रा पैदल हिँडेका थिए । तर अब हुन लागेको भारत न्याय यात्रामा भने गाडी पनि प्रयोग गर्ने छन्। वेणुगोपालले गाडी प्रयोग गर्दा धेरैभन्दा धेरै मानिससम्म पुग्न मद्दत गर्ने बताए ।


    बुधवार, पौष ११ २०८००१:४९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij