काठमाडौं । समाजवादी मोर्चाको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको समीक्षा भएको छ ।
यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ । मोर्चाको बैठक साँझ फेरि बस्ने गरि सकिएको हो । साँझको बैठकमा विप्लवसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विषयमा समेत छलफल हुने भएको छ ।
बिहानको बैठकमा पनि अदालतबाट जारी पुर्जी र आफ्नो पार्टीसँग सरकारले गरेको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको छ ।
बिहान बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष, माधव नेपाल, महासचिव घनश्याम भुसाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव गिरीराजमणि पोखरेल लगायतका नेता सहभागी भएका थिए ।