Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड सरकारका एक वर्ष पुरा,एक्सनरुमबाट डेलिभरी दिने आश्वासन कायमै, प्रतिपक्षी असन्तुष्ट, ढोङ मात्रै पिटेको टिप्पणी(खासखबर)

प्रचण्ड सरकारका एक वर्ष पुरा,एक्सनरुमबाट डेलिभरी दिने आश्वासन कायमै, प्रतिपक्षी असन्तुष्ट, ढोङ मात्रै पिटेको टिप्पणी(खासखबर)

  • मंगलवार, पौष १० २०८०

  • 469
    SHARES

  • प्रचण्ड सरकारका एक वर्ष पुरा,एक्सनरुमबाट डेलिभरी दिने आश्वासन कायमै, प्रतिपक्षी असन्तुष्ट, ढोङ मात्रै पिटेको टिप्पणी(खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकवर्षको कार्यकालमा केही नयाँ सुरुवात भएको बताउनुभएको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार जनताका पक्षमा डेलिभरी दिने विषयमा गम्भीर भएको उहाँको दाबी छ। भ्रष्टाचारका फाइलदेखि सुन तस्करीकाण्डमा सरकारले छानबिन गरिरहेको उहाँको दाबी छ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो एकवर्षे कार्यकाल सन्तोषजनक भएको बताइरहँदा हरेकक्षेत्रमा निराशामात्रै छाएको देखिन्छ।अर्थतन्त्रका सूचकहरुदेखि वैदेशिक रोजगारीमा जाने श्रम शक्तिसम्मलाई सरकारले रोक्न सकेको छैन। हुने बिरुवाको चिल्लोपात भनेझैँ समाज सुधारका कामहरु द्रूतगतिमा अघि बढ्न सकेका छैनन्।

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो क्षेत्राधिकार प्रयोग गरेर सुशासनको आशा जगाइरहेका बेला उल्टै प्रधानमन्त्री उहाँमाथि र सुरक्षा प्रशासनमाथि हाबी भएको वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीको भनाइ छ।

    नेकपा एमालेका प्रचार विभाग प्रमुख एवं सांसद राजेन्द्र गौतमले यो सरकारले सुशासनको ढोङ पिटेपनि प्रगति शून्य रहेको दाबी गर्नुभयो। कर्मचारीलाई तलब खुवाउनेदेखि बढ्दो ऋणको भारलाई थेग्न नसकेको प्रति उहाँको आपत्ति छ। वैदेशिक रोजगारीमा जानेको अवस्था भयावह बनेको भन्दै सरकार आफू कसरी बच्न सकिन्छ भन्ने दाउमा रहेको गौतमको भनाइ छ।

    नेपाली कांग्रेसले सरकार सुशासनको पक्षमा दृढ भएर अघि बढिरहेको दाबी रहेको छ। एकवर्षमै परिणाम नदेखिने बताउँदै कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केही कार्यान्वयनको चरणमा त्रुटि भइरहेको स्वीकार्नुभयो। भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा प्रधानमन्त्रीको हुटहुटी रहेको उहाँको भनाइ छ।

    यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गर्नुभएको छ। केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिँदै उहाँले सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबिन्दु हुने पनि स्पष्ट पार्नुभयो ।

    कुनैपनि मुलुकको विकास र समृद्धिको पक्षमा त्यहाँको नेतृत्व जवाफदेही हुनुपर्दछ। जहिले अस्थिर भइरहने यहाँको शासनप्रणालीमा मौका परेको बेला कुम्लयाउने धाउन्नेमा सबै उद्दत देखिन्छन्। समग्रमा प्रतिपक्षी, सत्ताबाहिरका दल, स्वतन्त्रहरु पनि दुधको साक्षी बिरालो जस्तै बन्ने गरेका छन्। यदि साच्चै मुलुकको विकास गर्ने हो भने, सबैका मन मिल्यो भने धेरै पर्खिनु पर्दैन।


    मंगलवार, पौष १० २०८००८:२३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij