Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सांस्कृतिक परम्परा जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी होः प्रधानमन्त्री दाहाल

सांस्कृतिक परम्परा जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी होः प्रधानमन्त्री दाहाल

  • मंगलवार, पौष १० २०८०

  • 515
    SHARES

  • सांस्कृतिक परम्परा जगेर्ना गर्नु हामी सबैको साझा जिम्मेवारी होः प्रधानमन्त्री दाहाल

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको सांस्कृतिक परम्परालाई जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भएको छ। २० औं राष्ट्रिय ज्यापु दिवसको अवसरमा ज्यापु संस्कृति विकास कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको सांस्कृतिक परम्परालाई जर्गेना गर्नु साझा जिम्मेवारी भएको बताउनु भएको हो।

    उहाँले नेपाल विभिन्न जातजाति,भाषाभाषी,धर्म र सांस्कृतिक समूहहरूको साझा देश भएको उल्लेख गर्दै देशको जैविक विविधता,मनोरम प्राकृतिक सम्पदाहरू र सामाजिक बनोट विश्वमै नमुना रहिआएको बताउनु भएको हो।

    विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको परम्परागत मौलिक सांस्कृतिक पहिचान नै नेपालीको पहिचान र गौरव रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

    प्रधानमन्त्री प्रचण्डले नेपालका चाडबाड, जात्रापर्व, सांस्कृतिक सम्पदा र गतिविधिहरू नेपालका अमूल्य नीधि भएको बताउँदै ज्यापु संस्कृति कोषलाई सरकारले आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।


    मंगलवार, पौष १० २०८००२:४४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij