Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

  • मंगलवार, पौष १० २०८०

  • 777
    SHARES

  • राष्ट्रिय सभा सदस्य उम्मेदवार चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज बिहान १० बजेका लागि बोलाइएको छ ।
     
    पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो । त्यसै गरी आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
     
    जसपाले आफ्ना सदस्यहरूलाई जिम्मेवारी बाँडफाँट गर्न पार्टीका कार्यकारिणी सदस्य एवम् सङ्गठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठ र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदल गठन गरेको छ । 


    मंगलवार, पौष १० २०८००७:२१:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij