Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रचण्ड,ओली,देउवा बालुवाटारमा

प्रचण्ड,ओली,देउवा बालुवाटारमा

  • सोमवार, पौष ९ २०८०

  • 710
    SHARES

  • प्रचण्ड,ओली,देउवा बालुवाटारमा

    काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी, कांग्रेस र एमालेका शिर्ष नेताहरू(प्रचण्ड, शेरबहादुर देउवा र केपी ओली)बिचको बैठक केहिबेर अगाडी सुरु भएको हो।

    बैठकमा टीआरसीको बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि हिजो पनि प्रधानमन्त्रीले देउवा र ओलीलाई बालुवाटारमा बोलाएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने विषयमा छलफल गर्नुभएको थियो।

    हिजोको छलफलमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले तीन शीर्ष नेतालाई संसद्मा दर्ता भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको प्रगति, थप छलफल गर्नुपर्ने विषयहरू लगायतका बारेमा ब्रिफिङ गर्नुभएको थियो। आजको बैठकमा पनि सोही विषयमा छलफल केन्द्रित छ ।

     


    सोमवार, पौष ९ २०८००५:३१:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij