Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले भोली दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्डले भोली दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

  • सोमवार, पौष ९ २०८०

  • 477
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले भोली दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोली(मंगलबार) दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ।

    प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा भोली दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो ‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ।’

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनुहुने आचार्यले जानकारी दिनुभयो।

    प्रधानमन्त्री प्रचण्ड गत वर्ष २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।


    सोमवार, पौष ९ २०८००२:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij