काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताउनुभएको छ ।
रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उहाँले त्यसमा आफूलाई चासो नै नभएको स्पष्ट पार्नुभएको हो ।
चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग उहाँले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाउनुभएको छ ।
आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गर्नुभयो ।