काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार(आज) सेयर बजार २१ अंकले घटेको छ । आज २१.०३ अंकले घटेको सेयर बजार २०८८.०७ विन्दुमा पुगेर बन्द भएको छ । सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले घटेको छ।
यस दिन ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजार ८२९ रुपैयाँको कारोबार भएको छ । यस दिन ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ ।
हाइड्रोपावर ०.०८, जीवन बीमा ०.५२, निर्जीवन बीमा ०.५६ र अन्य समूह ०.९७ प्रतिशत बढे । लगानी र व्यापार समूह सबैभन्दा धेरै घटे । लगानी ३.८ र व्यापार समूह ३.११ प्रतिशत घटे । उत्पादन समूह २.७, बैंकिङ १.५, विकास बैंक १.३, फाइनान्स १.६, होटेल तथा पर्यटन १.४ र माइक्रोफाइनान्स सूचक १.३ प्रतिशत घटे ।
बोटलर्स नेपाल बालाजु, कालिका पावर, सामलिङ पावर, बीपीडब्लू लघुवित्त, चिरख्वाखोला हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्याज्योति लाइफ, अपरसोलु हाइड्रो, भिजन लुम्बिनी ऊर्जा, नेपाल वेयरहाउजिङ कम्पनी, माइखोला हाइड्रोपावर, मैलुङखोला जलविद्युत् कम्पनी र सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।
नेपाल रिपब्लिक मिडियाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको ९.८, आँखुखोला जलविद्युतको ९.१ र हिमालयन डिस्टिलरीको मूल्य ६.८ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा शिवं सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट कम्पनी, सोनापुर सिमेन्ट, घोराही सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।