Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन सकिँदैन : सभापति देउवा

संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन सकिँदैन : सभापति देउवा

  • आइतवार, पौष ८ २०८०

  • 598
    SHARES

  • संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन सकिँदैन : सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्किन नसकिने बताउनुभएको छ ।

    गणतन्त्रको विरोध गर्दै केही आवाजहरू उठेको र त्यसले गणतन्त्रलाई कमजोर पार्ने प्रयास भएपनि अब इतिहासमा फर्किने सम्भावना नरहेको देउवाको भनाइ छ ।

    सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको सन्दर्भमा आइतबार कांग्रेस मुख्यालय सानेपामा आयोजित विमर्श सभामा बोल्दै सभापति देउवाले कांग्रेसलाई किसुनजीले देखाएको बाटोमा अघि बढाउन सके पछाडि फर्किएर हेर्नु नपर्ने बताउनुभयो ।

    ‘अहिले हामीले लामो समयसम्म संघर्ष गरेर प्राप्त गरेको गणतन्त्रलाई कमजोर बनाउने कुराहरू आइरहेका छन् । यी सबै कुराहरूलाई परास्त गरेर अघि बढ्नुपर्नेछ,’ देउवाले भन्नुभयो, ‘हामी अब इतिहासमा फर्किन सकिँदैन, लोकतन्त्रलाई सुदृढीकरण गर्दै अगाडि बढ्नु नै राम्रो हुन्छ ।’

    पूर्वप्रधानमन्त्री भट्टराईसँग पहिलो पटक २०२४ सालमा नख्खु जेलमा भेट भएको स्मरण गर्दै सभापति देउवाले भन्नुभयो, ‘किसुनजी लोभ नभएको मान्छे हो । मैले पहिलो पटक उहाँलाई नख्खु जेलमा भेटेको थिएँ, विद्यार्थी आन्दोलनका बेला २०२४ सालमा । अत्यन्तै सेन्स अफ ह्युमर भएको मान्छे हुनुहुन्थ्यो । उहाँमाथि कुनै दाग छैन, उहाँ सच्चा मानेमा त्यागी नेता हो । उहाँको विषयमा जति बोले पनि कम हुन्छ जस्तो लाग्छ ।’


    आइतवार, पौष ८ २०८००४:४५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij