Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

किसुनजीले सपनामा देउवालाई सिंहदरबार पुर्‍याएको दुई दिनपछि परमादेश आयो : उपसभापति खड्का

किसुनजीले सपनामा देउवालाई सिंहदरबार पुर्‍याएको दुई दिनपछि परमादेश आयो : उपसभापति खड्का

  • आइतवार, पौष ८ २०८०

  • 615
    SHARES

  • किसुनजीले सपनामा देउवालाई सिंहदरबार पुर्‍याएको दुई दिनपछि परमादेश आयो : उपसभापति खड्का

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कृष्णप्रसाद भट्टराई ‘किसुनजी’ले सपनामा सभापति शेरबहादुर देउवालाई सिंहदरबार पुर्‍याएको दुई दिनपछि सर्वोच्चबाट परमादेश आएको बताउनुभएको छ ।

    ‘सन्त नेता’को छवि बनाएका भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले स्वर्गीय भट्टराईसँग जोडिएको यस्तो सपना सुनाउनुभएको हो ।

    उहाँका अनुसार गत २०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि परमादेशसहितको संसद् पुनर्स्थापनाका लागि सांसद सर्वोच्च अदालत गएका थिए । असार २८ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । अदालतले फैसला गर्नुभन्दा दुई दिनअगाडि एक्कासी किसुनजी सपनामा प्रकट भएको खड्काले सुनाए ‘जुन जीपमा उहाँ चड्नुहुन्थ्यो । अहिले त्यो जीप आश्रममा छ । त्यही जीपमा उहाँ चढेर आज म जहाँ बस्छु, त्यहाँ अपर्झट आइपुग्नु भयो । मलाई बोलाउनु भयो । पछाडि बस बन्नुभयो ।’

    त्यसपछि सिँधै गाडी लिएर बुढानीलकण्ठमास्थिति सभापति (शेरबहादुर देउवा) कहाँ पुगेको उहाँले बताउनुभयो । त्यसको दुई दिनपछि अदालतको परमादेशमा देउवा मुलुकको प्रधानमन्त्री भएको खड्काले बताउनुभयो । त्यस्तो खालको भावनात्मक सम्बन्ध किसुनजीसँग रहेको उहाँको भनाइ छ ।

    खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पञ्चायतको बिरुद्धको आन्दोलनलाई नेपाली माटोबाटै लडेर जित्नको लागि नेता भट्टराईले स्वदेशमै बसेर आन्दोलनको नेतृत्व गरेको भन्दै नेता भट्टराईको संघर्ष विशेष रहेको बताउनुभयो ।

     


    आइतवार, पौष ८ २०८००४:४०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij