Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

एमाले सांसद लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाका लागि निवेदन

एमाले सांसद लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाका लागि निवेदन

  • आइतवार, पौष ८ २०८०

  • 700
    SHARES

  • एमाले सांसद लक्ष्मी महतो कोइरीले दिए निलम्बन फुकुवाका लागि निवेदन

    काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिनुभएको छ ।

    मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

    २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेख्नुभएको हो ।

    संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको पुष्टि गर्नुभयो । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उहाँले भन्नुभयो ।

     


    आइतवार, पौष ८ २०८००३:०२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij