Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल

  • आइतवार, पौष ८ २०८०

  • 900
    SHARES

  • प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबीच छलफल

    काठमाडौं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताबीच छलफल भएको छ । संक्रमणकालिन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैठक बसेको हो ।

    उक्त बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकको पनि सहभागिता रहेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन अवस्थामा छ ।

    उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।


    आइतवार, पौष ८ २०८००२:३२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij