Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु

उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु

  • आइतवार, पौष ८ २०८०

  • 463
    SHARES

  • उच्च अदालतमा पनि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली सुरु
    काठमाडौं । मुलुकका सबै उच्च अदालतमा आजदेखि पेसी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज उच्च अदालत पाटनमा सो प्रणालीको उद्घाटन गर्नुभयो ।
     
    यसअघि गोला प्रथाबाट पेसी तोकिँदै आएको थियो । तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसङ्गति हटाउन स्वचालित पेसी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।
     
    सर्वोच्च अदालतमा गत भदौ ११ गतेदेखि पेसी तारिख स्वचालित प्रणालीअनुसार तोक्ने अभ्यास सुरु गरिएको थियो ।
     
    स्वचालित प्रणाली लागू भएपछि कर्मचारीहरूले आफ्नो इच्छा अनुसार तारिख तोक्ने पद्धतिको अन्त्य भएको छ । अब मुद्दाको प्रकृति र प्राथमिकताका आधारमा स्वचालित रुपमा तारेखको मिति निर्धारण हुनेछ ।


    आइतवार, पौष ८ २०८००२:०३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij