Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सरकारमा मनपरि नगर्न कांग्रेसको चेतावनी, मन्त्रीमण्डल हेरफेर गर्न गठबन्धनमै दबाब, छिट्टै बोल्ड डिसीजन लिने प्रधानमन्त्रीको आश्वासन (खासखबर)

सरकारमा मनपरि नगर्न कांग्रेसको चेतावनी, मन्त्रीमण्डल हेरफेर गर्न गठबन्धनमै दबाब, छिट्टै बोल्ड डिसीजन लिने प्रधानमन्त्रीको आश्वासन (खासखबर)

  • शनिवार, पौष ७ २०८०

  • 786
    SHARES

  • सरकारमा मनपरि नगर्न कांग्रेसको चेतावनी, मन्त्रीमण्डल हेरफेर गर्न गठबन्धनमै दबाब, छिट्टै बोल्ड डिसीजन लिने प्रधानमन्त्रीको आश्वासन (खासखबर)

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको यहि पुस १० गते एक वर्ष पूरा हँुदैछ। यो एक बर्षमा प्रधानमन्त्री प्रचण्डले केहि राम्रा काम गर्न सुरुवात गरे पनि सरकार केहि मन्त्रीका विवादास्पद काम,भनाई र प्रधानमन्त्रीको आफ्नै कारणले गर्दा विवादमा परिरहेको छ।

    प्रचण्ड नेतृत्वको सरकारमा नयाँ नयाँ काण्डहरु अगाडि आईरहेका छन्। जसकारण सत्तागठवन्धन दलहरुले प्रश्न उठाउने ठाँउ प्रशस्तै पाईरहेका छन्। नेपाली कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदाम्बेले सरकार सुधारिने बाटोमा नगए सरकारबाट मन्त्री फिर्ता मात्र होईन कांग्रेस नै सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ।

    उहाँले नेतृत्व गर्नेले मनपरि गर्ने हो भने पार्टीले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिनुभयो। सरकार गठबन्धनको भएको र कुनै एक पार्टीको होईन भन्दै आङदाम्बेले केहि मन्त्रीलाई क्रान्तिकारी नहुन आग्रह गर्दै सरकारलाई काम गर्न र सहि बाटोमा आउन सुझाव दिनुभयो। साथै उहाँले कांग्रेस सरकारसँगै सती जान नसक्ने पनि स्पष्ट पार्नुभएको छ।

    अहिलेको सरकारसँग आफूहरु कत्ति पनि सन्तुष्ट नभएको बेलाबेला सत्तागठबन्धनका दलले राय प्रकट गर्दैै आईरहेका छन्। कुनै पार्टीको एकल सरकार नभई गठबन्धनको सरकार भएकाले धेरै गफ गरेर भन्दा पनि काम गरि प्रमाणीत गरेर देखाउनुपर्ने चुनौति गठबन्धन दलले दिँदै आएका छन्।

    नेकपा एकिकृत समाजवादीका सचिव एवं पुर्वमन्त्री रामकुमारी झाँक्रीे गठबन्धनले सरकारलाई २ बर्ष अविश्वासको प्रस्ताव ल्याउन नपाउने संवैधानिक व्यवस्था रहेको भन्दै,प्रधानमन्त्रीले मन्त्रीहरुको कार्यसम्पादन मुल्याङकन हेरेर मन्त्रीमण्डल हेरफेर गर्नुपर्नेमा जोड दिनुहुन्छ। प्रधानमन्त्री प्रचण्डको टिममा काम गर्नेहरु उत्तरदायी हुनुपर्नेमा त्यसो नभएको भन्दै झाँक्रीले प्रणालीको दोष नभई यसभित्र काम गर्ने नेताको दोष भएको स्वीकार गर्नुभयो ।

    पछिल्लोपटक संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यक्तिले पनि प्रधानमन्त्रीमाथि नैतिक दबाब परिरहेको छ। प्रधानमन्त्री प्रचण्डले सरकार गठन भएको एकबर्ष पुरा हुँदै गरेको समयमा अब आफुले बोल्ड डिसीजन लिने बताउनुभएको छ।

    प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।अर्को वर्ष आफ्नो नेतृत्वको सरकारले नयाँ ढङ्गले काम सुरु गर्ने पनि प्रधानमन्त्रीको भनाई छ।

    सरकारसँग आम जनताका अपेक्षाका चाङहरु छन्। त्यसैले सरकारको आयु मात्र टिकाउने नभई कामको एक्सन लिई जनताको पक्षमा काम गरेर देखाउन सरकारसामू ठुलो चुनौति देखा परेको छ।


    शनिवार, पौष ७ २०८००८:२४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij