Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेमाथि खोया प्रहार

रवि लामिछानेमाथि खोया प्रहार

  • शनिवार, पौष ७ २०८०

  • 1.2K
    SHARES

  • रवि लामिछानेमाथि खोया प्रहार

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ। पोखराको अमरसिंहचौरस्थित खेल मैदानमा आज जारी सभालाई सम्बोधन गर्दै गर्दा सभापति लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन्।

    लामिछानेले सम्बोधन गर्दै गर्दा लामिछानेमाथी अगाडीबाट खोयाले प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। प्रहरीका अनुसार मकै खाँदै गरेका युवकले खोया फाल्ने क्रममा झुक्किएर स्टेजतिर गएको बताइएको छ।

    कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

    उहाँले भन्न्ुभयो, ‘उनी मकै खाएर बसेका रहेछन् । खोया फाल्ने क्रममा स्टेजतिर गएको भन्ने छ, कार्यकर्ताले चाहिँ ढुंगा हानेको भनेर आक्रमण गरेछन् । उनी हाम्रो नियन्त्रणमा छन् ।’

     


    शनिवार, पौष ७ २०८००४:३५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij