Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सिंहदरबार घेर्ने विश्वप्रकाश शर्माको चेतावनी

सिंहदरबार घेर्ने विश्वप्रकाश शर्माको चेतावनी

  • शनिवार, पौष ७ २०८०

  • 967
    SHARES

  • सिंहदरबार घेर्ने विश्वप्रकाश शर्माको चेतावनी

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ।आज बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले आगामी फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने बताउनुभएको हो।

    उहाँले कांग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय नै गरेर कांग्रेसले सिंहदरबार घेर्ने बताउनुभयो। उहाँले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याँई नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभयो।

    महामन्त्री शर्माले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न आग्रह गर्नुभयो। महामन्त्री शर्माले रुस–युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरुलाई पु¥याउनेहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो।

    उहाँले युद्धमा मृत्यु नेपालीहरुको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदुतलाई कुरा गरेर वा सम्बन्धित निकायहरुसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभयो।

    महामन्त्री शर्माले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभइ योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताउनुभयो।

     


    शनिवार, पौष ७ २०८००३:०९:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij