काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश सम्मेलन काठमाडौंमा आजदेखि शुरु हुँदैछ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा हुने सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने उहाँका स्वकीय सचिव भानु देउवाले बताउनुभयो ।
सम्मेलनमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने र छलफल गरी पारित हुने कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मेलनमा ७८२ प्रदेश सम्मेलन प्रतिनिधि तथा प्रदेशभित्रका कांग्रेसबाट निर्वाचित संघीय सांसद, प्रदेशसभा सदस्य, प्रदेश भित्रका कांग्रेसका सबै प्रतिनिधिसभा क्षेत्रीय सभापति सहभागी हुनेछन्।
यस्तै महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका प्रमुख तथा उपप्रमुख तथा ११९ पालिकाका सभापति पनि सम्मेलनमा सहभागी हुनेछन्।