काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शनिवार विराटनगर जाँदै हुनुहुन्छ ।
राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ। त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्नुहुने छ ।
उहाँले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नुहुने छ । राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ।