Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाकिस्तानमा गोली हानेर ६ मजदुरको हत्या

पाकिस्तानमा गोली हानेर ६ मजदुरको हत्या

  • शुक्रवार, पौष ६ २०८०

  • 1.2K
    SHARES

  • पाकिस्तानमा गोली हानेर ६ मजदुरको हत्या

    काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ ।

    समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी भवन निर्माण कार्यमा संलग्न थिए ।

    गत हप्ता मात्रै खैबर पख्तुनख्वा प्रान्तको सेनाको कम्प्लेक्समा भएको आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो । उक्त हमलाको जिम्मा पाकिस्तानी तालिबानसँग सम्बन्धित संगठनले लिएको थियो ।

    अफगान शरणार्थीलाई लिएर अहिले पाकिस्तान र अफगानिस्तानको तालिबान सरकारबीचको सम्बन्ध बिग्रँदै गएको छ ।

     


    शुक्रवार, पौष ६ २०८००२:२२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij