Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच भेट

परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच भेट

  • बिहिवार, पौष ५ २०८०

  • 860
    SHARES

  • परराष्ट्रमन्त्री साउद र श्रीलंकाका विदेशमन्त्री साब्रीबीच भेट
    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र श्रीलंकाका विदेशमन्त्री मोहम्मद अली साब्रीबीच भेट भएको छ। बिहीबार भएको भेटमा उनीहरूबीच नेपाल–श्रीलंका सम्बन्ध र सहयोगका सम्भावित क्षेत्रबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
     
    नेपाल–श्रीलंका संयुक्त आयोगको बिहीबार र शुक्रबार हुने बैठकमा सहभागी हुन विदेशमन्त्री मोहम्मद अली साब्री बुधबार काठमाडौं  आउनुभएको हो ।
     
    संयुक्त आयोगले नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, कनेक्टिभिटी र जनसम्पर्कलगायत द्विपक्षीय सहयोगका विभिन्न क्षेत्रमा केन्द्रित रहने उल्लेख छ। यसैगरी संयुक्त आयोगको बैठकपश्चात् विज्ञान,प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहयोग गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर गर्ने बताइएको छ।
     
    श्रीलंकाली विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
     
    भ्रमणका क्रममा परराष्ट्रमन्त्री अली साब्रीले नेपालमा रहेका श्रीलङ्का प्रवासी समुदायसँग पनि भेटघाट गर्नुहुने छ । साब्री शनिबार स्वदेश फर्किने कार्यतालिका रहेको छ।


    बिहिवार, पौष ५ २०८००२:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij