काठमाडौं । सेयर बजारले उछालको यात्रालाई निरन्तरता दिएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि उकालो लागेको नेप्से परिसूचकको यात्रा सेयर कारोबारको चौथो दिन बुधबार आज पनि कायम रह्यो।
नेप्से परिसूचक ३५।३९ विन्दुले बढेर २१४१.८७ विन्दुमा कायम भएको छ। यसअघि नेप्से परिसूचक आइतबार २८ , सोमबार ३८.१४ र मंगलबार ४५.९८ अंकले बढेको थियो । सेन्सेटिभ इण्डेक्स ४.९३ अंकले बढेर ४०२.६३ विन्दुमा पुगेको छ।
यसदिन ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर १ लाख ११ हजार ७२३ पटकको कारोबारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले बढेको बजारमा १५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बोटलर्स नेपाल,हिमालयन डिस्टिलरी,फर्वाड माइक्रो फाइनान्स,एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र लिबर्टी इनर्जी कम्पनी कमाउने पाँच शीर्षभित्र परे।
आज कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ३।८३ प्रतिशतले मूल्य घट्यो। नेरूडे लघुवित्त वित्तीय, माथिल्लो मैलुङ जलविद्युत,साइन रेसुंगा डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सी होटेल गुमाउने शीर्ष पाँचभित्र परे।
कारोबार रकमका आधारमा शिवं सिमेन्ट अग्रस्थानमा रह्यो। सो कम्पनीको ३७ करोड बढीको सेयर कारोबार भयो। यसैगरी सोल्टी होटेलको २४ करोड ,सोनापुर मिनर्ल्सको २० करोड,हिमाल दोलखा हाइड्रोपावरको १८ करोड र नेपाल इन्फ्रास्ट्रक्चरको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
दुई उपसमूहबाहेक ११ वटाको परिसूचक बढेको छ। होटेल एन्ड टुरिजमको १.८९ र नन लाइफ इन्स्योरेन्सको ०.०८ प्रतिशतले मूल्य घटेको हो।