Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

‘सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक त कछुवा ट्र्याक पो देखियो’: रवि लामिछाने

‘सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक त कछुवा ट्र्याक पो देखियो’: रवि लामिछाने

  • बुधवार, पौष ४ २०८०

  • 627
    SHARES

  • ‘सेनाको रिपोर्ट हेर्दा फास्ट ट्र्याक त कछुवा ट्र्याक पो देखियो’: रवि लामिछाने

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले नेपाली सेनाले बनाउदै गरेको फास्ट ट्र्याक निर्माणको गति कछुवा ट्र्याकमा अघि बढेको बताउनु भएको छ। आज राज्य व्यवस्था समितिको बैठकमा बोल्दै लामिछानेले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि जनाउँदै यस्तो कुरा बताउनु भएको हो।

    सभापति लामिछानेले भन्नुभयो,‘राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ। अहिले सेनाले पेश गरेको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन चिप्ले किरा ट्र्याक वा कछुवा ट्याक भन्नुपर्छ।’

    उहाँले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा जोड दिँदै भन्नुभयो,‘परामर्श खर्च एक अर्ब खर्च भएको रहेछ।खोकना उपत्यकाको प्राचीन सहर हो मास्नु हुँदैन भन्ने हो। अर्को विकल्प खोज्नि पो हो कि।’

    उहाँले सेनाको आफ्नै क्षमता २२ किलोमिटर सडक मात्रै खोल्ने देखिएको बताउँदै बाँकी अरु कम्पनीलाई दिएको पाइएको दावि गर्नुभयो। ‘यसरी हेर्दा मूल ठेकेदार सेना र अन्य कम्पनी उपठेकेदार भएको देखियो’ उहाँले भन्नुभयो।

    उनले सेनाको रिपोर्ट हेर्दा ट्रान्सफर्मर जडानमा प्राधिकरणलाई १८ करोड तिरेको देखिएको तर महालेखाले यो खर्च सम्बन्धितलाई नै तिराउने भनेको सुनाउँदै सेनालाई विवादमा ल्याउन भने नहुनेमा जोड दिनुभयो। उहाँले सेनाको काम कारबाहीको छानबिनमा अन्य निकायको हात नहुने भएकोले बढी आर्थिक चलखेल भएको हुनसक्ने बताउनु भयो।


    बुधवार, पौष ४ २०८००३:१७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij