काठमाडौं । सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
बुधवार संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले फास्ट ट्र्याक निर्माणमा सेनाबाट पनि उद्देश्यअनुरुप काम हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सिभिल भन्दा पनि सेनालाई दियो भने युद्ध स्तरमा काम हुन्छ भन्ने थियो। तर उद्देश्य अनुरूप काम हुन सकेको देखिएन।’ सांसद बडूले मन्त्रालय मन्त्रालयबीच समन्वय समेत हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसैले रुख कटानको विषयमा वन मन्त्रालयमाथि प्रश्न समेत उठ्यो।’
उहाँले समयमा बजेट खर्च नहुँदा समस्या भएको बताउँदै समय र लागतमा मितव्ययितामा काम गर्न सकिने बताउनुभयो ।