Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मलाई महत्वपूर्ण जिम्मेबारी : ईश्वर पोखरेल

मलाई महत्वपूर्ण जिम्मेबारी : ईश्वर पोखरेल

  • बिहिवार, आश्विन २९ २०७७

  • 1.7K
    SHARES

  • मलाई महत्वपूर्ण जिम्मेबारी :  ईश्वर पोखरेल

    काठमाडौं ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण जिम्मेबारी दिएको बताउनुभएको छ ।

    रक्षा मन्त्रालयको जिम्मेबारी खोसेर उपप्रधानमन्त्रीमा सीमित पारिएका पोखरललाई प्रधानमन्त्रीले चतु¥याईपूर्वक दण्डित गरेको टिप्पणीहरु भइरहेका बेला पोखरेलले भने आफूले पाएको जिम्मेबारीको अभ्यास अमुर्त नहुने बताउनुभयो । पोखरेलले औपचारिकता निर्वाह गर्न मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको बताउनुभयो ।

    सैनिक मुख्यालयसँगको टसलले रक्षामन्त्रीबाट हात धुनु परेको दाबी भइरहँदा मन्त्री पोखरेलले बिदाई समारोहमा भने सेनालाई भाग्यवादीको संज्ञा दिनुभयो । प्रधानमन्त्रीले नै नेतृत्व गर्ने रक्षा मन्त्रालय निकै भाग्यमानी रहेको उहाँले बताउनुभयो । पोखरलले आफू धेरै टाढा नजाने र प्रधानमन्त्रीकै कार्यकक्षमा समन्वय गर्ने भन्दै प्रधानमन्त्रीले रक्षा लिनु सुखद संयोग भएको पनि बताउनुभयो ।

    यस्तै आज नवनियुक्त तीन जना मन्त्रीहरुले भने शपथ लिँदै पदभार ग्रहण गर्नुभएको छ । सो क्रममा उहाँहरुले भावी योजना र कार्यशैली सुनाउनुभएको थियो । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभयो ।

    कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने उहाँको दाबी छ । यस्तै मन्त्री गुरुङले आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिने पनि चेतावनी दिनुभयो ।

    कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम नगर्ने प्रतिवद्धता समेत मन्त्री गुरुङले व्यक्त गर्नुभयो ।

    यस्तै नवनियुक्त शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अलपत्र योजनाहरु अघि बढाउने बताउनुभयो । मन्त्रालयका कामको अवस्था बुझेर रोकिएको योजनाहरु अघि बढाउने उहाँले बताउनुभयो ।

    हरेक चुनौतीहरुलाई अनुकुलतामा ढालेर काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । शहरी विकास राज्यमन्त्री रामविर मानन्धरसँग मिलेर काम गर्ने उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्मिपरिषदमा हेरफेर गर्दै केही सदस्यहरुको जिम्मेबारी बदल्नुभएको थियो । रक्षामन्त्री पोखरेलको जिम्मेबारी खोसेर उपप्रधनमन्त्रीमा सीमित पारिएको थियो भने नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेबारी दिइएको थियो । तर मन्त्रिपरिषद हेरफेरमा एकलौटी गरेको भन्दै प्रधानमन्त्री ओलीसँग पार्टीको अर्काे पक्षले चर्काे असन्तुष्टि जनाएको छ ।

     


    बिहिवार, आश्विन २९ २०७७०८:२४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij