Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

तीन दिने नेपाल भ्रमणका लागि श्रीलंकाका विदेशमन्त्री साब्री आज नेपाल आउँदै

तीन दिने नेपाल भ्रमणका लागि श्रीलंकाका विदेशमन्त्री साब्री आज नेपाल आउँदै

  • बुधवार, पौष ४ २०८०

  • 309
    SHARES

  • तीन दिने नेपाल भ्रमणका लागि श्रीलंकाका विदेशमन्त्री साब्री आज नेपाल आउँदै

    काठमाडौँ । श्रीलंकाका विदेशमन्त्री अली साब्री आज बुधबार नेपाल आउँदै हुनुुहुन्छ । उहाँ नेपाल-श्रीलङ्का संयुक्त आयोगको बैठकमा सहभागी हुन आज काठमाडौँ आउन लाग्नुभएको हो ।

    परराष्ट्रमन्त्री एनपी साउदको औपचारिक निमन्त्रणामा उहाँ तीन दिने नेपाल भ्रमणमा आउन लागेको श्रीलङ्काको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको हो । संयुक्त आयोगको उद्घाटन सत्रमा सहभागी हुन विदेशमन्त्री साब्री नेपालको भ्रमणमा जान लागेका विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत दुई देशका द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने श्रीलंकाली विदेश मन्त्रालयले जनाएको छ ।


    बैठकपछि विज्ञान, प्रविधि तथा अन्वेषणका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षरसमेत हुने कार्यक्रम छ । श्रीलंकाली विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको छ । उहाँ तीन दिने भ्रमण सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

     


    बुधवार, पौष ४ २०८००७:५६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij