काठमाडौं । लोक तथा दोहोरी गायक राम कुमार नेपालीको ‘पोल्छ मुटु’ भर्खरैमात्रै सार्वजनिक भएको छ ।
गीतमा घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजगारीको लागि बुढि आमा, श्रीमती र आफु जन्मेको गाउँघरलाई छोडेर बिदेशीनु परेको कथालाई कलाकार दिलिप रायमाझी, अन्जली अधिकारी र सरिता राजोपाध्यायले जिवन्त उतारेकमा छन् ।
पछिल्लो समय स्वदेशमा बसेर रोजगार र आर्थिक अवस्था बलियो नहुनेभएपछि रहर र चाहना नहुँदानहुदैपनि धनपैसाको लागि बिदेशीने युवाहरुको संख्या बढ्दो छ । घरलाई श्रीगार्ने सपनामा बैदेशिक रोजगारीमा गएकाहररुलाई परदेशमा दुख भोग्नुपर्ने र त्यहि ज्यान गुमाउनुपर्ने अवस्थापनि धेरै छ ।
दिलिपलाई परदेशमा निर्दोष हुँदाहुँदैपनि चोरीको आरोप लगाएर फासी दिन खोजेको दृश्यले गीतलाई दर्दनाक बनाएको छ । तर गाउँमा बुढि आमा र श्रीमानको बाटो पर्खेर बसेकी श्रीमतीको माया र तपस्याले अन्तिममा निर्दोष सावित भएर गाउँ फर्किको सुखद पलबाट गीतको अन्त्य भएको छ ।
दिलिप र अन्जलीको दमदार अभिनयले गीतलाई अझैंबढि मिठो र वास्तविक बनाएको छ । यो गीतले दिलिप अभिनित चलचित्र मुग्लानको यादपनि ताजा बनाउछ । गीतलाई निर्देशक डि आर सुजनले निर्देशन गरेका छन् भने मनिराज बस्नेतको अफिसियल युट्युवबाट सार्वजनिक गरिएको हो ।